१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भन्सार छलेर नेपाल भित्रिएको ५६ बोरा चिनी सहित बोलेरो पिकअप र २ जना प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको ठुलो परिमाणमा चिनी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं ५ पर्सहवाबाट ५६ बोरा चिनी बरामद गरेको हो ।

चिनी बोक्न प्रयोग भएको लु २ च २४ नम्बरको बोलेरो पिकअपमा चिनी नेपाल ल्याउँदै गरेको अवस्थामा बुटवल उप(महानगरपालिका २ का चालक ईश्वर
भुसाल र गाडीमा सवार बुटवल १३ का अर्जुन कुँवरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा चिनी ५६ बोरा तथा गाडीको अन्दाजी मूल्य सहित ११ लाख ८२ हजार मुल्याङ्कन गरि सवारी तथा पक्राउ परेका २ जनालाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ५१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले