२१ माघ २०८२, बुधबार | February 5, 2026

मेला/प्रदर्शनीको स्वरुप परिवर्तन गर्न आवश्यक



बुटवल । मेला महोत्सवहरुको स्वरुप परिवर्तन आवश्यक भएको सरोकारवालाहरुले औंल्याएका छन् । रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०८० को सन्दर्भमा आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रियामा सहभागीहरुले ब्यापार प्रवद्र्धन गर्न मेला लगाउने भनिएपनि मेला चलेका बेला बजार सुक्ने गरेको बताए । उनीहरुले अधिकांस मेलाहरु उत्पादन भन्दा ब्यापारमा मात्र केन्द्रीत रहेको टिप्पणी गर्दै मेला प्रदर्शनी र हाटबजारको स्वरुप एउटै हुने गरेको बताए । मेलामा आउने दर्शकले मेलाबाट केही सिक्ने वातावरण आयोजकले दिनुपर्ने सहभागीहरुको सुझाव थियो ।

‘स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ रुपन्देही ब्यापार संघले पुस ५ गतेदेखि १८ गतेसम्म संचालन हुने गरि लुम्बिनी एक्स्पो २०८०को घोषणा गरेको छ ।

बुटवल मण्डपको अन्तरराष्ट्रिय प्रदर्शनीस्थलमा संचालन हुने लुम्बिनी एक्स्पोको तयारी तिब्र पारिएको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । उनले एक्स्पोले राष्ट्रको आर्थिक गतिविधि चलायमान हुने र व्यवसायलाई थप चलाएमान बनाउने विश्वास ब्यक्त गरे । स्थायी प्रदर्शनी स्थलमा फरक शैलीबाट नयांपनका साथ एक्स्पो सञ्चालन गरिने अध्यक्ष घिमिरेले दावी गरे ।

एक्स्पोको १० लाख बढीले अवलोकन गर्ने र ५० करोड बढीको आर्थिक कारोवार हुने आयोजकले अपेक्षा गरेको छ ।

मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक सांस्कृतिक, पर्यटकीय तथा ऐतिहांसिक महत्व बोकेका सम्पदाहरुको प्रवद्र्वनात्मक प्रचार– प्रसार गरिने अध्यक्ष घिमिरेले बताए ।

आयोजकका अनुसार एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ५ सय भन्दा बढी स्टल रहने छन् ।

मेलामा स्वदेशी स्टलसहित भारत, पाकिस्तान, चिन र बंगलादेशका देशका पनि स्टलहरु रहने छन् ।

एक्स्पोका सदस्य सचिव तथा संघका महासचिव दयानिधि भण्डारीले प्रदर्शनी स्थलमा एक्स्पोको आवश्यक तयारीका काम अन्तरगत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको जानकारी गराए ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले एक्स्पोलाई ब्यापारमा मात्र केन्द्रीत गरे बुटवलकै ब्यवसायीलाई आत्मघाती हुने चेतावनी दिए । उनले रचनात्मक सिप सिक्ने अवलोकनकर्तालाई अवसर दिन आयोजकलाई सुझाव दिँदै संस्कृति सम्द्र्धन गर्न छुट्टै सांस्कृतिक महोत्सव गर्न सकिने बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले मेलाको स्वरुप परिवर्तन नगरे बुटवलको ब्यापारलाई ढक्का पुग्ने चेतावनी दिएका थिए । एक्स्पोमा प्रयोगात्मक सिप सिकाउने वातावरण बनाउन आयोजकलाई पत्रकारहरुले सुझाव दिएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ११ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता