३१ भदौ २०८३, बुधबार | September 16, 2026

राप्ती उपत्यकाको जग्गा फुकुवा गर्ने निर्णय आजबाट कार्यान्वयनमा



दाङ । लुम्बिनी प्रदेश सरकारको डेढमहिना अगाडी जग्गा फुकुवा सम्बन्धि निर्णय आजबाट कार्यान्वयनमा आएको छ । गत कार्तिक १ गतेको मन्त्रिपरिषदले प्रदेश राजधानी अन्तर्गत राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिद–बिक्रीका लागि फुकुवा गर्ने निर्णय आजबाट कार्यान्वयनमा आएको हो ।

मालपोत कार्यालय लमहीले आज एक सूचना जारी गर्दै रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको छ । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी तथा जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न नपाउने गरी खरिद बिक्रीका लागि बैधता प्रदान गरिएको मालपोत कार्यालय लमहीको सूचनामा उल्लेख गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालयको परिपत्र एवं प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयका आधारमा जग्गा खरिदविक्री फुकुवा गरिएको मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुवँरले जानकारी दिए ।

राजधानी क्षेत्रमा पर्ने राप्ति गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिकाको वडा नं १, २ र ३ को जग्गा फुकुवा भएको हो । जग्गा फुकुवाका लागि स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका थिए । विसं २०७७ मा राप्ती उपत्यकालाई प्रदेश राजधानी तोकेसँगै जग्गा खरिदबिक्री रोक्का गरिएको थियो ।

प्रदेश सरकारले राप्ती गाउँपालिकाको पूरै नौ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १ : २० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज