२२ माघ २०८२, बिहिबार | February 5, 2026

नेपालगन्जका २ वटा पानी उद्योगमा प्रशासनको शील



नेपालगन्ज । बाँकेको जिल्ला बजार अनुगमन समितिले नेपालगन्ज क्षेत्रमा संचालनमा रहेका २ वटा पानी उद्योगमा शीलबन्दी गर्नुका साथै आर्थिक कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको संयोजकत्वमा निस्केको अनुगमन समितिले २ वटा उद्योगमाथि जरिवाना सहित २ वटा उद्योगमा शीलबन्दी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिएको जानकारी अनुसार प्रशासनले रारा प्रोसेसिङ ड्रिङ्कीङ वाटर इन्डष्ट्रिले अनुज्ञापत्र नै नलिएर कारखाना चलाएको भन्दै २० हजार जरिवाना, २२ वटा कम गुणस्तको जार नष्ट गर्नुका साथै अनुज्ञा पत्र लिएर नआउँदा सम्म कारखानामा शीलबन्दी गरेको छ ।

त्यस्तै वाईके पिउने पानी उद्योगले असुरक्षित तरीकाले पानी उत्पादन गरेको भन्दै सुरक्षित उत्पादन सुनिस्चित नहुँदा सम्मका लागि उद्योग शील गरिएको छ भने सगरमाथा पानी उद्योगले बिल बिजक बिना कारोवार गरेको भेटिएपछि ५ हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले खानेपानी संस्थान र नेपालगन्जमा रहेको हेण्डपम्पको पानीको समेत नमुना संकलन गरेको छ । संकलन गरिएको पानीको नमुनामा कैफियत देखिए थप कारवाही हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ६ : १८ बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा