३१ भदौ २०८३, बुधबार | September 16, 2026

कालिका मानवज्ञानकी करिनाले उचालिन १२ औं एभरेष्ट अन्तर विद्यालयस्तरीय वादविवाद प्रतियोगिता-२०८० को उपाधि



बुटवल । रुपन्देहीको बुटवलमा भएको १२ औं एभरेष्ट अन्तर विद्यालयस्तरीय वादविवाद प्रतियोगिता-२०८० को उपाधि कालिका मानवज्ञान मावि बुटवलले जितेको छ । कालिका मानवज्ञानका विद्यार्थी करिना खनालले उपाधि जितेकी हुन् । उनले उपाधि सहित नगद १५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारिन् ।

एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार भएको वादविवाद प्रतियोगितामा १७ विद्यालयका प्रतिस्प्रर्धी विद्यार्थीलाई उछिन्दै खनालले उपाधि जितेकी हुन् । देशको आर्थिक समृद्धि स् स्थानीय उत्पादनको बजारीकरण वा रेमिट्यान्स भन्ने शिर्षकको पक्ष र विपक्षमा बिद्यार्थीले आआफ्ना विचार राखेका थिए । प्रतियोगितामा नवज्योति इङलिस बोर्डिङ स्कुल तिलोत्तमाकी विद्यार्थी रक्षा मिश्र द्वितीय भइन् । उनले नगद १० हजार सहित शिल्ड तथा प्रमाणपत्र हात पारिन् ।

यस्तै लिटिल फ्लावर्स इङलिस माध्यमिक विद्यालय फर्साटिकरका विद्यार्थी समर्थ फौदार क्षेत्रीले तृतीय स्थान हासिल गरे । उनले ६ हजार नगद तथा मणिमुकुन्द माध्यमिक विद्यालय बुटवलका विद्यार्थी एन्जल बेल्वासेले प्रोत्साहन पुरस्कार सहित नगद तीन हजार, शिल्ड तथा प्रमाणपत्र हात पारिन् । प्रतियोगितामा रुपन्देही जिल्लाभरीका सामुदायिक र संस्थागत विद्यालयगरी १७ विद्यालयको सहभागिता रहेको थियो ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रदेश परिक्षा व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा पनि विद्यार्थीलाई अवसर दिनुपर्ने बताए । उनले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै अतिरिक्त कृयाकलापमा पनि पोख्त बनाउनुपर्ने उल्लेख गर्दै ब्यवहारिक र सीपमुलक शिक्षा सिकाइमा अतिरिक्र कृयाकलापले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, एन प्याब्सन नेपालका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्य विष्णु पौडेल, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, परिक्षा ब्यवस्थापन कार्यालयका अधिकृत बाबुराम भण्डारी विद्यालयका सहप्राचार्य भिमसेन गौतम लगायतले प्रतियोगिताका विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । वरिष्ठ साहित्यकार ऋषीराम भुसाल, डाक्टर शंकरप्रसाद गौतम, राजेन्द्रप्रसाद आचार्यले निर्णायकको भुमिका निभाउनु भएको कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ०६ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै