७ पुस २०८२, सोमबार | December 22, 2025

किन रोए उत्तर कोरियाली नेता किम जोङ ?



प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले हालैको एउटा घटनाको भिडियोमा आँसु पुछ्दै देशको घट्दो जन्मदरसँग जुध्न प्रयास गर्न आह्वान गरेको देखियो । सो क्रममा उनले महिलालाई बढी सन्तान जन्माउन आग्रहसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी तल हेरेर आँसु पुछिरहेको देखिन्छ । कार्यक्रममा उपस्थित दर्शकमाझ धेरैले आँसु बगाएको पनि देखिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गत आइतबार प्योङयाङमा आमाहरूका लागि आयोजित एक कार्यक्रममा किमले भने, ‘जन्मदरमा आएको गिरावटलाई रोक्न र बच्चाहरूको राम्रो हेरचाह गर्नु हाम्रा सबै गृहकार्यका जिम्मेवारीहरू हुन्, जुन हामीले आमाहरूसँग काम गर्दा सम्हाल्नु पर्छ ।’ उनले राष्ट्रिय शक्तिलाई सुदृढ गर्नका लागि आमाहरूलाई पनि धन्यवाद दिए ।

किमले साे क्रममा भने, ‘जब मलाई पार्टी र राज्यको काम गर्न गाह्रो हुन्छ, म सधैं आमाको बारेमा सोच्दछु ।’

संयुक्त राष्ट्र जनसंख्या कोषले अनुमान गरेको छ कि २०२३ सम्म उत्तर कोरियामा प्रजनन दर वा महिलाबाट जन्मने बच्चाहरूको औसत संख्या १.८ हुनेछ । यो पछिल्ला दशकहरूमा प्रजनन दरमा देखा परेको ठूलो गिरावट हो ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ४७ बजे

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ