१९ असार २०८३, शुक्रबार | July 4, 2026

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य



काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार २६ वटा अस्पतालका अन्तिम किस्ता पठाइसकिएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको गोपेटार स्वास्थ्य चौकीको पाँच शय्या र दार्चुलाको व्यास गाउँपालिकाको १५ शय्याको आधारभूत अस्पताल पनि चाँडै नै सम्पन्न हुने तयारीमा रहेको उनले बताए ।

उनका अनुसार हाल चार सय १३ स्थानीय तहका अस्पतालको ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो । सोहीअनुसार २०७७ साउन २८ गते तीन सय ९६ र २०७७ पुस १२ गते दुई सय ५९ अस्पताल निर्माण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सरकारले पाँच शय्याका लागि रु सात करोड ११ लाख, १० शय्याका लागि रु १० करोड ८३ लाख र १५ शय्याका लागि रु १८ करोड छ लाख रकम छुट्याइएको छ । पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५७ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने छ ।

सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन ती अस्पताल निर्माण गर्ने घोषणा गरे पनि समयमै नसिकएपछि अब पाँच वर्षभित्र ती निर्माण पूरा हुन नसकेका अस्पतालको निर्माणकार्य गरिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए ।

यस्तै अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले डिपिआर पेस नगरेका ती स्थानीय तहमा अस्पताल निर्माणको काम हुन नसकेको बताए ।

भूगोल र जनसङ्ख्याका आधारमा पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५५ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहले आधारभूत अस्पताल निर्माण गर्नेछन् ।

मन्त्रालयका अनुसार १५ शय्याको आधारभूत अस्पतालमा एक एमडिजिपी चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट, दुई मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, छ स्टाफ नर्स, पाँच हेल्थ असिस्टेन्टलगायत अन्य कर्मचारी गरी ३२ कर्मचारी रहनेछन् । यस्तै १० शय्याको आधारभूत अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ र पाँच शय्याको आधारभूत अस्पतालमा एक मेडिकल अधिकृतसहित १८ कर्मचारी रहने छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  २ : ५२ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०