१ पुस २०८२, मंगलबार | December 16, 2025

समाजवादी प्रेस संगठनले पुसमा बिशेष कार्यक्रम गर्ने, सृजनशिल पत्रकारिता पुरस्कार स्थापना



बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले आगामि पुस १३ र १४ गते बुटवलमा बिशेष कार्यक्रम गर्ने भएको छ । संगठनको जिल्ला कार्यसमितिको शनिबार बुटवलमा बसेको बैठकले बदलिएको समयको पत्रकारिताका अवसर र चुनौतीलाई मध्यनजर गरि सरोकारवालाहरुको उपस्थितीमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

अध्यक्ष विनोद परियारको अध्यक्षतामा बसेको बैठकले अन्तरक्रियासँगै रुपन्देहीका अग्रज पत्रकार सम्मान गर्ने निर्णय समेत गरेको सचिव प्रतिक पौडेलले बताए ।

यसैगरी रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारितामा क्रियाशिल एक जना पत्रकार पुरस्कृत गर्ने गरी सृजनशिल पत्रकारिता पुरस्कार स्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ । पुरस्कारको कोषस्थापनाका लागि शुभेच्छुकहरुलाई अनुरोध गर्ने र कार्यवधि तयार पार्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा नेकपा एकिकृत समानवादीका केन्द्रीय सदस्य एंव संगठनका केन्द्रीय सल्लाहकार सिद्धिचरण भट्टराईले पत्रकारितामा नयाँ पुस्ताको आगमन नभएकाले अब नयाँ पत्रकार उत्पादन गर्ने अभियानमा समाजवादी प्रेस संगठन लाग्न आग्रह गरे ।

बैठकमा अध्यक्ष परियारले समाजवादी प्रेस संगठनलाई गुणस्तरीय पत्रकारहरुको संगठनका रुपमा स्थापित गर्नका लागि आगामि दिनमा तालिम र अन्य विभिन्न रचनात्मक अभियानहरु सञ्चालन गर्ने कार्ययोजना बताएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ४ : ३० बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच