१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

समाजवादी प्रेस संगठनले पुसमा बिशेष कार्यक्रम गर्ने, सृजनशिल पत्रकारिता पुरस्कार स्थापना



बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले आगामि पुस १३ र १४ गते बुटवलमा बिशेष कार्यक्रम गर्ने भएको छ । संगठनको जिल्ला कार्यसमितिको शनिबार बुटवलमा बसेको बैठकले बदलिएको समयको पत्रकारिताका अवसर र चुनौतीलाई मध्यनजर गरि सरोकारवालाहरुको उपस्थितीमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

अध्यक्ष विनोद परियारको अध्यक्षतामा बसेको बैठकले अन्तरक्रियासँगै रुपन्देहीका अग्रज पत्रकार सम्मान गर्ने निर्णय समेत गरेको सचिव प्रतिक पौडेलले बताए ।

यसैगरी रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारितामा क्रियाशिल एक जना पत्रकार पुरस्कृत गर्ने गरी सृजनशिल पत्रकारिता पुरस्कार स्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ । पुरस्कारको कोषस्थापनाका लागि शुभेच्छुकहरुलाई अनुरोध गर्ने र कार्यवधि तयार पार्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा नेकपा एकिकृत समानवादीका केन्द्रीय सदस्य एंव संगठनका केन्द्रीय सल्लाहकार सिद्धिचरण भट्टराईले पत्रकारितामा नयाँ पुस्ताको आगमन नभएकाले अब नयाँ पत्रकार उत्पादन गर्ने अभियानमा समाजवादी प्रेस संगठन लाग्न आग्रह गरे ।

बैठकमा अध्यक्ष परियारले समाजवादी प्रेस संगठनलाई गुणस्तरीय पत्रकारहरुको संगठनका रुपमा स्थापित गर्नका लागि आगामि दिनमा तालिम र अन्य विभिन्न रचनात्मक अभियानहरु सञ्चालन गर्ने कार्ययोजना बताएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ४ : ३० बजे

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा

इतिहास र वर्तमान जोडेर मात्रै सुदृढ भविष्य निर्माण हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई