२५ माघ २०८२, आइतबार | February 8, 2026

आइसिसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक



काठमाडौं । आइसिसी यू-१९ विश्वकप १९ जनवरी देखि ११ फेब्रअरीसम्म हुने भएको छ । आइसीसीले श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

यू-१९ विश्वकपमा नेपाल समूह डी मा न्युजील्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । सार्वजनिक गरिएको तालिका अनुसार नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डसँग खेल्नेछ । त्यस्तै जनवरी जनवरी २४ मा पाकिस्तानसँग र् समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ ।

हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन् । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । त्यस्तै समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समुह चरणका खेलपछि समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् भने समूह बी र सी का शिर्ष ६ टिम सुपर सिक्स खेल्ने छन् ।

हरेक समूहमा पुछारका टोलीले १२ देखि १६औं स्थानका लागि प्लेअफ खेल्न पाउने आइसिसीले बताएको छ । नेपालले यू-१९ विश्वकप अघि जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ३० बजे

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको

यस्तो छ जुम्लाको चुनावी गणित

जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य