३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवलको उजिर सिंह माविले हीरक जयन्ती मनाउदैं



बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा रहेको उजिर सिंह माविले स्थापनाको ६० औ बर्षको अवसरमा आजदेखी हीरक जयन्ती मनाउदै छ ।

हीरक जयन्तीको अवसरमा विद्यालयमा सप्ताहव्यापी कार्यक्रम समेत आयोजना गरिएको विद्यालयका अध्यक्ष विमल बहादुर शाक्यले जानकारी दिए । यहि पुस ७ गते हिरक महोत्सव मुल समारोह आयोजना हुन लागेको छ ।जसमा प्रमुख अतिथिको रुपमा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनीधी सभा सदस्य तथा पुर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आउने जनाइएको छ ।

वि। सं। २०२० साल पौष ७ गते आइतबारका दिन बुटवल खस्यौली नगरपञ्चायतद्वारा सञ्चालित निःशुल्क अनिवार्य प्राथमिक शिक्षा योजना, पाठशाला केन्द्र नं। ५ को रूपमा स्थापित यो विद्यालय राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि वि।सं। २०२९ साल पौष १ गतेदेखि उजिर सिंह निम्न माध्यमिक विद्यालयको रुपमा सञ्चालनमा आएको छ ।
वि।सं। २०४०÷४१ सालमा जनसहयोगबाट उजिर सिंह माध्यमिक विद्यालयमा रुपान्तरण भएको हो । स्थापनाको ६०औं वर्षमा यस विद्यालयले हीरक जयन्ती विभिन्न उपलब्धिमूलक कार्यक्रमहरुको आयोजना गरी अत्यन्त हर्षोल्लासका साथ भव्य रुपले मनाइ रहेको रहेको अध्यक्ष शाक्यले जानकारी दिए ।

आजदेखि पौष ७ गतेसम्म भिन्न भिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । ती कार्यक्रमहरु जिल्लास्तरीय भलिबल प्रतियोगिता, अन्तरसदनात्मक भलिबल प्रतियोगिता, टोलविकास संस्थास्तरीय हाजिरीजवाफ प्रतियोगिता, साहित्यिक कार्यक्रम, विद्यालयस्तरीय खेलकूद प्रतियोगिता, नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रम र नगरस्तरीय साँस्कृतिक नृत्य प्रतियोगिता र पौष ७ गते मूल कार्यक्रम हुने छ ।

उक्त समारोहमा पूर्व र वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्यहरु, शिक्षक अभिभावक संघका पूर्व र वर्तमान अध्यक्ष एवम् सदस्यहरु, पूर्व र वर्तमान शिक्षकहरु, अक्षयकोषदाता, आर्थिक सहयोग दाता र नगद पुरस्कारदाता सहित विशिष्ट योगदान पुरÞ्याउनु हुने महानुभावज्यूहरु एवम् आर्थिक सहयोग गर्नुहुने मनकारी दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । विद्यालयलाई जग्गादान गर्ने दाताहरूलाई समेत सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

विद्यालयका प्रधानाध्यापक पदम राज ज्ञवालीका अनुसार अहिले नेपाली माध्यमबाट मात्रै अध्यापान हुदै आएको विद्यालयले आगामी या अर्को शैक्षिक सत्रदेखि अग्रेजी माध्यमबाट कक्षा सञ्चालन, गर्ने योजना समेत बनाएको छ ।

भौतिक साधन जुट्नुउने सिलसिलामा यातायातको साधन खरिद गर्ने र शिक्षकलाई पुनर्ताजगीका लागि तालिम दिलाउने योजना समेत रहेको प्रधानाध्यापक ज्ञवालीले जानकारी दिए । हीरक महोत्सवको अवसरमा आज २६ गते रक्तदान कार्यक्रम, मंसिर २७ देखि २९ गते सम्म जिल्लास्तरिय भलिबल प्रतियोगीता उद्घाटन र प्रथमचरणका खेलहरु, मंसिर ३० गते शनिवार भलिबलको क्वाटर र सेमीफाईलन खेल, पुस १ गते भलिबल फाईनल, पुस २ गते टोल विकास स्तरिय हाजिरी जवाफ प्रतियोगीता र साहित्यिक कार्यक्रम, पुस ३ गते खेलकुद प्रतियोगीता, पुस ४ गते नगरस्तरिय वक्तृत्वकाला प्रतियोगीता र सांस्कृतिक कार्यक्रम, पुसर ५ गते नगरस्तरिय विद्यालय सास्कृतिक प्रतियोगीता आयोजना हुदै छ । यस्तै पुस ७ गते मुल समारोह आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ३३ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका