३१ भदौ २०८३, बुधबार | September 16, 2026

उजिर सिंह माविमा जिल्लास्तरीय छात्र भलिबल शुरु



बुटवल । उजिर सिंह माविको हीरक समारोह अन्तरगत जिल्ला स्तरिय यू-२० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता २०८० शुरु भएको छ ।

प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले समुद्घाटन गर्दै बुटवलमा लुकेर बसेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने गरि भलिबलको ट्यालेन्ट हन्टका रुपमा रहेको बताए । प्रदेशकै यु २० टिम तयार गर्न समेत प्रतियोगिताबाट सहयोग मिल्ने उनले दाबी गरे । खेल प्रतियोगिता एउटा फेलोसिप, भातृत्व विकास गर्ने रुपमा रहेको उनले बताए ।

कार्यक्रममा बुटवल खेलकुद विकास समितिका संयोजक बोनिन पियाले विद्यालयस्तरबाट खेललाई प्राथमिकतामा राख्न सके खेलाडी उत्पादनमा मद्यत मिल्ने बताए । बुटवलमा पुर्वाधार विकास र प्रतियोगितामा आफुहरुले जोड दिएको उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले स्थानिय खेलप्रेमी, सहयोगदाताहरुको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । कार्यक्रममा विद्यालयका प्रअ पदमराज ज्ञवाली, विशेष सल्लाहकार टेक बहादुर थापाले प्रतिभा प्रस्फुटनको महत्वपूर्ण पाटोका रुपमा हीरक महोत्सवमा विविध रचनात्मक कार्यक्रम आयोजना गरिएको बताए ।

यसैबिच बुधबार भएको मैत्रीपुर्ण उद्घाटन खेलमा आयोजक उजिर सिंह माविले जनज्योति माविलाई २-१ को सेटले जित निकालेका हो । प्रतियोगिता अन्तरगत नकआउट चरणको पहिलो खेलमा पशुपति मावि सैनामैनाले नविन मावि बुटवललाई २-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

विद्यालयका खेल संयोजक यम प्रसाद श्रेष्ठले प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि उपविजेता टिम नगद ७५ हजार, तृतिय टिमले ५० हजार रुपैया तथा सान्त्वना टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा ३५ विद्यालयहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ४४ बजे

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा