२२ भदौ २०८३, सोमबार | September 8, 2026

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवल्दार गम्भीर घाइते



नेपालगन्ज । बाँकेमा जीपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ । सोही जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार गम्भीर घाइते भएका छन् ।

बाँकेको मदनचोकमा गएराती ११ः०५ बजेको समयमा भे१च ३४०७ नम्बरको बलेरो जीपले ठक्कर दिँदा प्रहरी जवान विशाल वलीको मृत्यु भएको र प्रहरी सहायक हवल्दार लालबहादुर बुढा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मदनचोक प्रहरी बिटमा कार्यरत वली र बुढालाई डिउटी सकेर घर जान हिँडेको अवस्थामा बलेरो जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते रहेका दुवैलाई कोहलपुर मेडिकल कलेजमा ल्याएकोमा वलीको मृत्यु भएको थियो । अर्का गम्भीर घाइते बुढाको कोहलपुरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौ लैजाने तयारी भएको छ । प्रहरी जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ४४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार