१६ असार २०८३, मंगलबार | June 30, 2026

आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘जाउँ है पोखरा’



गण्डकी ।आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल संघ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ ।

कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन उद्यमीले गरेका अध्यक्ष सुवेदीले बताए ।

अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल एवं गरिनेछ । विगत दुई दशकयता बर्सेनि ‘जाउँ है पोखरा’ अभियान आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १० : ४० बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग