९ श्रावण २०८३, शनिबार | July 25, 2026

शोषणमा परेको भन्दै महिला न्यायधीशले नै भारतीय अदालतमा इच्छा मृत्युका लागि दिइन निवेदन



नयाँदिल्ली। उत्तर प्रदेशको बांदा जिल्लाकी महिला न्यायाधीशले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति मागेकी छिन् ।

यो कुरा बाहिर आएपछि उत्तर प्रदेशसहित भारत भरी हलचल मच्चिएको छ । सामाजिक सञ्जालमा पनि सनसनी फैलिएको छ र पीडित अर्पिता साहुको नाम सामाजिक सञ्जालमा चर्चामा छ । उनले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति माग्दै पत्र लेखेकी हुन् ।

महिला न्यायाधीशले सर्वोच्च अदालतमा लेखेको पत्रमा आफूले भोगेको शोषणको उल्लेख गरेकी छन् । उनले आफूमाथि अन्याय भएको बताएकी छिन तर यस विषयमा प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन् ।

बन्दाको बबेरु तहसीलमा सिभिल न्यायाधीश पदमा कार्यरत अर्पिता साहुले एक चिठ्ठी लेखेर न्यायाधीश र उनका सहकर्मीले उनलाई राती घर आउन दबाब दिने गरेको अवस्था सुनाएकी छिन् । जसका कारण उनी शारीरिक र मानसिक शोषणमा परेकी छिन र त्यसपछि न्यायको माग गर्दा कूनै पनि सुनुवाइ भएको छैन् ।

‘डेढ वर्ष बितिसक्दा पनि ममाथि भएको अन्यायको कसैलाई वास्ता नभएकोले जीवन नरहने निर्णय गरेको छु । म अब बाँच्न चाहन्न। त्यसैले म सर्वोच्च अदालतबाट इच्छामृत्युको अनुमति माग्छु,’ उनले भनेकी छिन् ।

सर्वोच्च अदालतले ८ सेकेण्डमै खारेज गरेको रिट निवेदन

अर्पिता साहुले सर्वोच्च अदालतबाट इच्छामृत्युको अनुमति माग्दै आफूले सन् २०२२ मा इलाहाबाद हाईकोर्टका मुख्य न्यायाधीशसमक्ष उजुरी पनि गरेको तर न्याय नपाएको बताइन् । ‘आजसम्म यस विषयमा कुनै कारबाही भएको छैन न त कसैले रिस उठेर तिमीलाई के भयो भनेर सोधेको छ’ उनले भनेकी छिन् ।

‘यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो तर ८ सेकेण्डमै सुनुवाइ नगरी मुद्दा खारेज भएको थियो । त्यसैले म अब बाँच्न चाहन्न। जिउँदो लाश झैं मैले डेढ वर्ष न्याय खोजेँ तर आजसम्म न्याय पाएको छैन । म सम्मानजनक इच्छामृत्युको लागि सर्वोच्च अदालतबाट अनुमति माग्दछु। मेरो जीवन अस्वीकार होस्,’ उनले अगाडी भनेकी छिन् ।

अर्पिताले लेखेकी छिन्, ‘मैले निकै उत्सुकताका साथ न्यायिक सेवा रोजेँ । न्यायबाट वञ्चित सबैलाई न्याय दिन्छु भन्ने विश्वास थियो तर एक दिन न्याय माग्नै पर्छ भन्ने थाहा थिएन । मलाई फोहोर ठानिन थाल्यो, त्यसपछि मैले आफुलाई धेरै बेकार र असहाय ठान्न थालें । म भित्रबाट टुटेको छु। मैले जनतालाई न्याय दिने सोचेको थिएँ तर म गलत सावित भएँ ।’

उनले अगाडि भनेकी छिन, ‘म भारतका नारीहरूलाई भन्न चाहन्छु कि शारीरिक शोषणको साथ बाँच्न सिक्नुहोस्, यो जीवनको सत्य हो । कानुन र ऐन नाम मात्रको छ । शोषित भए पनि सुनुवाइ भएन भने बिर्सिदेउ । यसले कसैलाई केही फरक पर्दैन। यदि कुनै महिलाले व्यवस्था विरुद्ध लड्न सक्छु भन्ने सोच्नुहुन्छ भने जान्नुस् म न्यायाधीश बनेर आफूमाथि भएको शोषणको न्याय पाउन सक्दिनँ भने तिमीले पनि पाउन सक्दैनौ ।’

मिडिया रिपोर्टका अनुसार अर्पिता साहु अदालतमा हुँदा बाराबंकी बारका महासचिव रितेश मिश्रासँग उनको विवाद भयो र उनले उनको अदालत बहिष्कार गरे। त्यसपछि यो विषयले गति लियो । पछि यो कुरा जिल्ला न्यायाधीश समक्ष पुगेपछि उनले महिला न्यायाधीशलाई गाली गरेका थिए । जसका विरूद्द उनले मुद्दा चलाइन तर सफल भइनन ।

त्यसपछि उनले इच्छामृत्यु रोजेकी हुन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  २ : ०१ बजे

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन