४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुन सुरुवात, बुद्ध जन्मस्थललाई अन्तराष्ट्रियकरण गर्न थप सघाउ पुर्याउने विश्वास



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुन सुरवात भएको छ । शनिवार एक समारोहबीच धाम निर्माणको पुन सुरुवात गरिएको हो ।

विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुन सुरुवात गरेका थिए । त्यसपछि उपस्थित सबैजना पालैपालो श्रमदानमा सहभागी भएका थिए ।

समारोहमा गुरु रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेको रोकिएको काम पुन सुरुवात गरिएको बताए । नेपाल भौतिक रुपमा कमजोर भएपनि संसारको सबै भन्दा धनि हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे। करोडौं विदेशीहरु बुद्धको धर्मको लागि ललायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तराष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने उल्लेख गरे ।

यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताए ।

नेपालको लागि अमेरिकन राजदुतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ ।

कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तराष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।

३४ सय बर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ती धाम ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ५ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको