१८ श्रावण २०८३, सोमबार | August 4, 2026

राप्रपा केन्द्रीय समितिको बैठक आज समापन हुदैँ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहनेछ । गत पुस १ गते देखी जारी केन्द्रिय समिति बैठकमा विभिन्न प्रतिवेदन माथीको छलफल सकिए पनि निर्णय लिनु पर्ने भएकाले आजसम्म बैठक सञ्चालन हुन लागेको हो ।

हिजोको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री धवलशम्सेर राणाले बृहत आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले पेश गरेको सचिवालय सम्बन्धि प्रतिवेदन माथी सामुहिक छलफल भएको थियो ।

हिजो बैठकमा  प्रस्तुत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी रणनीति, आन्दोलन सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि सातवटै प्रदेशको छुट्टाछुट्टै समूह विभाजन गरी समूहगत छलफल भएको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन ।

सो समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेश भएको जनाउँदै प्रचार बिभाग प्रमुख श्रेष्ठले समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्य रोशन कार्की, मधेश प्रदेशमा वरिष्ठ उपाध्य बुद्धिमान तामाङ, बागमति प्रदेशमा वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धब पौडेलले संयोजन गरेका थिए ।

आजको बैठक भने बिहान १०ः३० बजे सुरू हुने र विभिन्न निर्णय गर्दै बैठक समापन हुने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : २८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क