७ पुस २०८२, सोमबार | December 22, 2025

उत्तरपश्चिम चीनमा भूकम्प : १११ जनाको मृत्यु, २०० बढी घाइते



काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट १११ जनाको मृत्यु भएको छ । भूकम्पबाट २०० भन्दा बढी घाइते भएको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर-पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समयानुसार सोमबार राति ११स्५९ बजेतिर ६।२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ । यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ । भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ । भूकम्पपछि पानी तथा बिजुलीको आपूर्ति ठप्प भएको छ ।

रेलवे प्राधिकरणले भूकम्प प्रभावित क्षेत्र भएर चल्ने मालवाहक तथा यात्रुवाहक रेलहरु सञ्चालनमा रोक लगाएको छ । रेलवे लिकको जाँच गर्न थालिएको समाचारमा बताइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तापक्रम घट्दो क्रममा रहेका कारण जनजीवन झन् प्रभावित भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको खोज तथा उद्धार, राहत र घाइतेहरुको उपचारमा सम्पूर्ण शक्ति परिचालन गर्ने निर्देशन दिएका थिए ।

यसअघि गत सप्टेम्बरमा पनि चीनमा भूकम्प गएको थियो। सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ४४ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र