११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सार्वजानिक यातायातमा बढी भाडा लिने बिरुद्ध महानगरीय ट्राफिकको स्ट्रिङ्ग अपरेशन, १७ सवारी साधन कारवाहिमा



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई आज ट्राफिक कारवाही गरेको छ । सार्वजानिक यातायात सञ्चालन भएसँगै सवारी साधनले बढी भाडा असुलेको गुनासो आएको भन्दै ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ।

त्यस्तै, महानगरिय ट्राफिक प्रहरीले तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका १,१५२ वटा सार्वजनिक सवारी साधनलाई सम्झार्इ वुझाई पठाएको जानकारी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर ट्राफिक प्रहरीले बढी भाडा लिने र ५० प्रतिशत भन्दा बढी यात्रु राख्ने विरुद्ध कारवाही चलाएको जानकारी दिए ।

“यात्रु ठगीका घटना रोक्नका साथै कोरोना संक्रमण रोकथामको लागि सामाजिक दुरी कायम गराउन, चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाईजर लगाए । नलगाएको अनुगमन गर्न तथा ५० प्रतिशत मात्र यात्रु राखेनराखेको चेकजाँच गर्न प्रहरीले विशेष अभियान चलाएको हो ।” उनले भने “ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराईएको छ ।”

नियमित अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको जनाएको छ ।

महाशाखाले सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरीचलाएको सुचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी दिन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ४९ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र