४ पुस २०८२, शुक्रबार | December 20, 2025

पछिल्लो चार हप्तामा कोभिड-१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि



नयाँदिल्ली । पछिल्लो चार हप्तामा कोभिड-१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।

डिसेम्बर १७ सम्ममा कोभिड-१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

कोभिड-१९ का एक लाख १८ हजार भन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ ।

डब्लूएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर सङ्क्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सल्लाह दिएको छ । यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड-१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्ने जस्ता विषय समावेश छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १२ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको