२० मंसिर २०८२, शनिबार | December 6, 2025

पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट भैरहवा बसेर लुम्बिनी प्रदेशको भ्रमण गर्ने



भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (आज) रुपन्देही आउने भएका छन् ।

दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा अवतरण गर्नेछन् । उनको भब्य स्वागतको तयारी गरिएको अभिननन्दन मूल आयोजक समितिका सह–संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

पूर्वराजा ज्ञानेन्द्रको भैरहवामा बसेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यस अवधिमा उनले प्रदेशका आफ्ना समर्थकहरुलाई भेटघाट गर्नुका साथै राजतन्त्र पुनस्र्थासपनाका लागि गतिबिधि गरिरहेकाहरुको हौसला बढाउने कार्यक्रम रहेको बताइएको छ ।

भैरहवा बसाइका क्रममा भैरहवा, परासी र शिवराजमा अभिनन्दनको कार्यक्रम तय भएको र लुमिबनी र जितगढी किल्लामा पूर्वराजाको भ्रमण हुने राप्रपाका केन्द्रीय सदस्य प्रदीप कुमार उदयले जानकारी दिए । अन्य थप कार्यक्रमरु पनि तयारी हुँदै गरेको उनले बताए ।

उता पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेको भन्दै एमालेले पार्टीका नेता डा. रामप्रसाद बस्याललाई पार्टीबाट निष्काशन गरेको छ ।

एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले शनिबार एक विज्ञप्ती जारी गर्दै एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्णरुपमा प्रतिवद्ध रहेको भन्दै त्यस विपरित हिंडेकाले बस्याललाई पार्टीबाट निष्काशन गरिएको जनाएका छन् ।

एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीति विरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने र यसप्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तीमा बस्याललाई निष्काशन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

 

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : २९ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास