१८ श्रावण २०८३, सोमबार | August 3, 2026

स्वामी विकाशानन्दले बुटवलमा आएर भने – नेपाललाई मेडिटेशन हवको रुपमा विकास गरौं



बुटवल । नेपालको बिकासका लागि यहाँको प्राकृतिक स्रोत साधनको प्रयोगसँगै मेडिटेशन हवको रुपमा विकास गर्न विकाशानन्द फाउन्डेसनका संस्थापक स्वामी विकाशानन्दले सुझाव दिएका छन् । भारतलाई योगा तथा ध्यान केन्द्रको रुपमा विकास गरेजस्तै नेपाललाई पनि विश्वमा मेडिटेशन सेन्टरको रुपमा विकास गरि आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए ।

विश्व परिवार रुपन्देही शाखाको आयोजानमा ३ दिनसम्म हुने  शिविरबारे जानकारी दिन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वामी विकाशानन्दले सो कुरा बताएका हुन् ।

विकाशानन्द स्वामीको उपस्थितिमा रुपन्देहीका विभिन्न स्थानमा ३ दिन ज्ञान, ध्यान, हिप्नोसि तथा प्रचवन, गभा ध्यान शिविर र योगा शिविर हुने भएको हो । सो अनुसार बुटवलको सिद्धार्थ कटेजमा पुस ८ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म शिविर समापन गरिएको विकाशानन्द फाउन्डेसन विश्व परिवार बुटवल शाखा अध्यक्ष लिला गौतमले जानकारी दिईन । उनका अनुसार ८ गतेको कार्यक्रम सिद्धार्थ कटेजमा निःशुल्क रुपमा आयोजना गरिएको हो । जसमा सयौंको संख्यामा स्थानीयको सहभागीता रहेको थियो ।

यस्तै पुस ९ गते विहान ७ बजे देखि साँझ ५ बजे सम्म ढवाहमा रहेको आरम्भ रिर्सोटमा गाभा ध्यान शिविर आयोजना हुने भएको छ । जसमा सहभागीताको  लागि न्युनतम शुल्क समेत राखीएको छ । सो शिविर ९ गते देखि ११ गते सम्म ३ दिन सम्म चल्ने छ । यस्तै पुस १२ गते विहान ७ः३० बजे देखि ९ बजे सम्म प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा योग ध्यान शिविर हुने छ  ।

शिविर बारे आयोजना गरिएको पत्रकार सम्मेलनमा  विकासा नन्द फाउन्डेसन विश्व परिवारका संस्थाक स्वामि विकाशानन्दले नेपालमा मेडीटेसन दिवस मनाउनको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको जानकारी दिए ।  उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सकारात्मक रहेको बताए ।

यस्तै नयाँ गाउँमा रहेको लुम्बिनी बौद्ध विश्व विद्यालयको सिटी क्याम्पसमा पुस १२ गते विहान १० बजे देखि ११ बजे सम्म ज्ञान योग शिविर हुने भएको छ । यस्तै सोही दिन नै साँझ ७ बजे विश्व परिवारको आयोजानमा मुक्तिदानधाम मन्दीर नयाँगाउँमा आरती समेत आयोजना गर्ने तयारी भएको कार्यक्रम संयोजक हुमाकान्त पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ०६ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट