५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

अनेकतामा एकता हाम्रो मौलिक पहिचान : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताएका छन । किराँत समुदायले मनाउने महान् पर्व उधौली र विविध प्राचीन संस्कृति एवं परम्परागत विरासत बोकेका नेवार समुदायले मनाउने यमरी पुन्हीँ (धान्यपूर्णिमा) एवं ज्यापु दिवसको उपलक्ष्यमा आज शुभकामना दिँदै उनले त्यस्तो बताएका हुन ।

उपराष्ट्रपति यादवले नेपालमा मनाइने सम्पूर्ण चाडपर्वहरुले मुलुकको एकता, अखण्डता एवं सार्वभौमिकता तथा सामाजिक एवं धार्मिक सद्भाव, सहिष्णुता, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई अक्षुण्ण राख्न सहयोग गरेको बताए ।

उपराष्ट्रपति यादवले आफ्नो सन्देशमा भनेका छन, “आ-आफ्नै मौलिक परम्परा, रीतिरिवाज अनुसार दुई फरक समुदाय किराँत र नेवार समुदायले एकै दिन मनाउनुले विविधतामा एकताको सन्देश सम्प्रेषण गर्दै सिङ्गो नेपाली समाज र मुलुकलाई एकतामा बाँध्ने विश्वास लिएको छु ।”

नेपालमा आजकै दिनदेखि ज्यापु संस्कृतिको रक्षार्थ केही वर्षयता ‘ज्यापु दिवस’ मनाउँदै आएको छ । यो अवसरमा नेवाः संस्कृति, बाजागाजा, वेशभूषा आदिलाई जगेर्ना गर्न विभिन्न सांस्कृतिक झाँकी निकाल्ने गरिन्छ । मौलिक बाजा धिमेको तालमा यो अवसरमा निकालिने अद्भुत झाँकीले नेपालभित्र प्रचलनमा रहेको रैथाने रीतिरिवाज र परम्परालाई जीवन्त राख्न सहयोग गर्दछ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन उधौली पर्व, यमरीपुन्हीँ : (धान्यपूर्णिमा) र ज्यापु दिवसले उत्प्रेरित गर्न सक्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरेका छन ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ५३ बजे

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम