१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

‘मानव बेचबिखनविरुद्ध काम गर्न बलियो अन्तरदेशीय सञ्जाल आवश्यक’



नेपालगन्ज । नेपाल र भारतका मानव बेचबिखनविरुद्ध काम गर्ने अधिकारीले मानव बेचबिखन रोक्न दुबै देशकाबीच बलियो सञ्जाल बनाएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका छन् ।

नेपालगन्जमा भएको अन्तरदेशीय कार्याशालामा सहभागी दुबै देशका अधिकारीहरुले दुई देशका बीचमा सञ्जाल बनाएर मानव बेचबिखनविरुद्ध काम गर्नुपर्ने बताउँदै त्यसकालागि सूचना आदान प्रदान महत्वपूर्ण भएको उल्लेख गरे । उनीहरुले सञ्जाल बनाएर अघि बढ्दा रोकथाम, उद्धार र पुनर्स्थापनामा सघाउ पुग्ने बताए ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति र माइती नेपालले आयोजना गरेको नेपाल र भारतका अधिकारी सम्मिलित अन्तरदेशीय कार्यशाला गोष्ठीमा सहभागीले नेपाल र भारतका सुरक्षा अधिकारीले बेलाबेलामा दुई देशीय बैठकहरु गरेजस्तै मानव बेचबिखनविरुद्ध पनि सरकारी, गैरसरकारी निकायसँगै नागरिकस्तरमा सञ्जाल बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपालको तर्फबाट नेतृत्व गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी एवं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिका संयोजक श्रवणकुमार पोखरेलले मानव बेचबिखनको मुद्दा विश्वव्यापी भएकाले यसको विरुद्धमा सबै मिलेर काम गर्नुपर्ने बताए ।

बाँके प्रहरी प्रमुख प्रहरी उप।ीक्षक सुवासचन्द्र बोहोराले नेपाल र भारतका नागरिकस्तरमा समेत सहकार्य र समन्वय भएमा रोकथाममा सहज हुने बताए ।

माइती नेपालका निर्देशक विश्वराम खड्काले मानव बेचबिखनको स्वरुप फेरिएको र अहिले भारतमात्रै नभएर अन्य देशमा समेत बेचबिखन हुने गरेकाले त्यसलाई रोक्न सबैको हातेमालो जरुरी रहेको बताए ।

क्राइम ब्रान्च दिल्ली पुलिसका पूर्व एसीपी सुरेन्द्रकुमार गुलिया र सीडब्लुसी दिल्लीका पूर्व प्रमुख एवं अधिवक्ता बरुण पाठकले नेपालमा मानव बेचबिखनविरुद्धको नेटवर्क धेरै राम्रो रहेको बताउदै नेपालमा जस्तै भारतमा समेत बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालालगायतले नेपाल र भारतका अधिकारीका बीचमा हुने यस्ता कार्यक्रमले काम गर्न अझ सहज हुने बताएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : ५७ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति