५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

३ बालिकालाई बेचबिखनका लागि भारत लैजाँदै गरेका ४ जना कालिदह नाकाबाट पक्राउ



बुटवल । ३ जना नेपाली बालिकालाई बेचबिखनका लागि भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले ४ जनालाई पक्राउ गरि बालिकाहरुको उद्दार गरेको छ । सोमबार अपरान्ह रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा पर्ने नेपाल भारत सीमानाका कालिदहबाट बालिकाहरुको उद्दार गर्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर कैम्पियरगंज कुवर बलुवा बस्ने ३८ वर्षिया कीगीता गौड,
सोही स्थानकी १९ वर्षिया नेहा पाण्डे र २६ वर्षिय प्रमोद कुमार धोबी तथा रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ की १९ वर्षिया निर्मला लोध रहेका छन् ।

शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ३ जना बालिकाहरुलाई नेपालबाट भारत तर्फ ललाई फकाई गरी लैजाँदै गरेको अबस्थामा फेला पारी बालिकाहरुलाई उद्दार गर्दै भारत तर्फलैजाने कार्यमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार अभियोगमा अनुसन्धान भइरहेको उनले बताए ।

उनका अनुसार उद्दार गरिएका बालिकाहरुलाई शुभअवसर ग्राम नेपालको संरक्षणमा राखि आफन्तहरुलाई खबर पठाइएको छ । कानुनी प्रक्रिया पूरा गरि बालिकाहरुलाई आफन्तको जिम्मा लगाइने डीएसपी कार्कीले बताए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ५१ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय