५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

३ महिला बेचबिखन अभियोग लागेकी बुटवलकी विष्णुमाया ८ वर्षपछि पक्राउ



बुटवल । ८ वर्ष पहिले ३ जना महिलालाई भारत हुदै कुवेत लगेर बेचबिखन गरेको अभियोग लागेकी बुटवलकी एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उप(महानगरपालिका वडा नं. ११ न्यु दुर्गानगर की ४६ वर्षिया बिष्णु माया शर्मा परियार रहेकी छन् । २०७४ साल देखी हाल सम्म फरार रहेकी परियारलाई आज इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी टोलीले बुटवल उप(महानगरपालिका वडा नं। ११ बाटै पक्राउ गरेको हो ।

मानव बेचबिखन कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ८ वर्ष पहिले ३ महिलालाई भारत हुँदै कुबेत लगेर बेच्न लागेको कसुरमा परियार विरुद्ध मुद्दा परेको थियो । मुद्दा परे लगत्तै फरार रहेकी उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रकाउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ५७ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय