५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

आजको मौसम : ३ प्रदेशमा हिमपातको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आज बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार मंगलबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ७ : ३७ बजे

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

काठमाडौँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी