२१ भदौ २०८३, आइतबार | September 6, 2026

तीन पटक ‘जीवनरेखा’ को सेट छाडेर भागेका थिए शिव श्रेष्ठ



काठमाडौं । अभिनेता शिव श्रेष्ठले डेब्यु फिल्म ‘जीवनरेखा’को सेट छाडेर तीन पटक भाग्ने कोशिस गरेको बताएका छन् ।

चलचित्र प्रकाश सुवेदीको सोमा आफ्नो चलचित्र यात्राको कुरा गर्दै उनले संयोगले हिरो बनेको र सुटिङकै बीचमा सक्दिन भनेर भाग्न चाहेको बताएका हुन् । उनले आफूलाई अभिनयमा रुचि नभए पनि निर्देशक प्रकाश थापाले कसरी हिरो बनाए भन्ने कुराको पनि स्मरण गरेका थिए ।

‘विराटनगरको जलजला हलमा उहाँको सिन्दुर भन्ने चलचित्र चलिरहेको रहेछ । सोही सिलसिलामा उहाँ जलजला आएको बेला क्याराम बोर्ड खेलिरहेका साथीहरु उहाँलाई भेट्न गएपछि म पनि गएको थिएँ । त्यसको भोलिपल्ट उहाँले मलाई फिल्म खेल्न प्रस्ताव गर्नुभयो,’ उनले भनेका छन्, उहाँले तिमी हिरो बन्नुपर्छ भन्दा, मलाई फाइट साइटको रोल दिनुस् भनेको थिएँ । तर अन्तर्वार्ता के के गर्दा मलाई नै छान्नु भएछ । तर सुरु गर्ने बेलामा मात्र होइन, सुटिङको बीचमा पनि सक्दिन भनेर मैले भाग्ने कोशिस गरेको थिएँ ।’

उनले निर्देशक प्रकाश थापाको नक्कल गर्दा गर्दै पहिलो फिल्मको काम सकाएका पनि बताएका थिए । विसं २०३९ सालमा प्रदर्शन भएको चलचित्रबाट शिव श्रेष्ठसँगै अर्जुनजंग शाहीले पनि डेब्यु गरेका थिए । मन्जुकुमार श्रेष्ठले छायांकन गरेको चलचित्रमा नेपालको पहिलो रंगिन चलचित्र कुमारी अभिनेत्री चैत्यदेवीले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : ०७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका