८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना कहरले निम्तिने सामाजिक असमानता शैक्षिक क्षेत्रबाट हटाउन अघि सरौं 



शिक्षा भनेको राष्ट्रको लागि आवश्यक दक्ष, योग्य तथा सक्षम जनशक्ति उत्पादन गर्ने बौद्धिक क्षेत्र हो । यसै आधारमा सरकारले आफूलाई चाहिने हरेक प्रकारका जनशक्ति उत्पादनका लागि औपचारिक र अनौपचारिक रूपमा विद्यालय, कलेज क्याम्पस जस्ता शिक्षालय स्थापना गरेका छन् । यसैलाई आत्मसात गरेर सरकारले सबैका लागि शिक्षा भन्ने आदर्शलाई मूलभूत मान्यता राखेर २०७२ को संविधानमा विद्यालय शिक्षा निःशुल्क हुनेछ भनी उल्लेख गरिएको छ ।

कुनैपनि राजनीतिक व्यवस्थाले देशलाई चाहिने जनशक्ति शिक्षाको माध्यमबाट तयार गर्नु अनिवार्य आवश्यकता हो। २०४६ को राजनीतिक व्यवस्था बदलिँदा समेत सरकारी विद्यालय खोल्न सहजता नदिने तर नेपालको शिक्षा पञ्चायती व्यवस्थाकै झल्को दिँदै सस्तो, सुलभ तथा वैज्ञानिक शिक्षाको नाउँमा निजी अंग्रेजी विद्यालय खोली लगानी गरी स्वरोजगार भएको भन्नेहरुले शिक्षा ऐन विपरित १ किमिको फरक दुरी नै कायम नगरी एकै ठाउँमा केन्द्रिकृत धेरै निजी विद्यालय संचालकहरुले विद्यार्थीहरुबाट चर्को शुल्क लिई अध्यापन गर्ने शिक्षक कर्मचारीहरु लाई थोरै तलबमा काम गराएर मनग्य नाफाले घडेरी जोडेका छन् र त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरूको पेशागत जीवन र तलब सुनिश्चितता छैन । त्यस्तै निजी विद्यालय संचालकले सरकारद्धारा निधारित आधारभूत तलब भन्दा कम तलबमा शिक्षक तथा कर्मचारीहरूलाई काम गराएर श्रम शोषण गरेर वर्षौंवर्ष नाफा कमाएको छ । हाल सिर्जित परिस्थितिमा अभिभावकले शुल्क नतिर्दा तलब खुवाउने नसक्ने तर स्वयंसेवकको रुपमा काम गर्न बाध्य पारिँदा थप श्रम शोषणमा परेको छ।

सरकारले विद्यालयको सिकाईलाई निरन्तरता दिन महामारीको बेला सिर्जनशीलता र आधुनिक सिकाईको नौलो प्रयोगको रूपमा ७५३ वटै स्थानीय तहमा पुगेको एफएम रेडियो, इन्टरनेट प्रदायक केही टिभी च्यानललाई निःशुल्क दुरशिक्षासँगै परीक्षणको रूपमा अनलाइन कक्षा अभ्यास प्रारम्भ गर्न गरिएको अनुरोधलाई निजी विद्यालयले शुल्क उठाउने माध्यम बनाईयो ।

तर सरकारी सेवासुविधा नपाए सम्म शैक्षिक आन्दोलनको रूपमा विविध शिक्षक आन्दोलन गर्ने सरकारी शिक्षकहरू आज केकसरी विद्यालय खोल्न सकिन्छ भनेर समेत आवाज उठाएका छैनन् । केही पाठ्य सामग्री राखेर सिकाई प्रभावकारी हुन्न भन्ने कुरा जान्दाजान्दै सरकारी शिक्षकले काम नगरे पनि पूरा तलब पाएको अवस्थामा उनीहरू विद्यालय खोल्न अनिच्छुक देखिन्छ । सरकारी शिक्षकहरू सरकारकै निर्देशन पालना गर्न मन नगर्ने तर त्यहाँबाट उपलब्ध सेवा सुविधा लिन अनेकौं आन्दोलन गर्ने गर्छन् । तर अहिले सरकारी[सामुदायिक] र निजी विद्यालय संगठनहरू विद्यालय संचालनको पूर्व तयारी बारे छलफल बहस नगरी अनेकौं बहाना बनाएर सरकारलाई गिज्याइरहेको अवस्था छ ।

विश्वव्यापी फैलिएको कोरोनाका कारण ९०% भन्दा बढि विद्यार्थी विद्यालय शिक्षाबाट बञ्चित अवस्थामा युरोपका डेनमार्क, फ्रान्स र न्युजिल्यान्ड तथा पुर्वी एसियाका चीन, उत्तर कोरियाका सरकारी निर्देशनमा केही विद्यालय खोले पनि सबै ठाउँमा प्रगति सम्मान रूपमा छैन, सुस्त छ । केन्या सरकारले यो वर्ष विद्यालय पूर्णतः बन्द गर्ने, फिलिपिन्समा कोरोना विरूद्ध भ्याक्सिन नबने सम्म विद्यार्थीलाई विद्यालय फर्कन नदिने तथा अमेरिकाले अब दुर शिक्षा मात्रै चलाउने जस्ता शैक्षिक प्रक्रियाले गति लिन सकेको छैन ।जर्मनीमा विद्यालय फर्केका १५०० विद्यार्थी र ५०० शिक्षकमा गरिएको अध्ययन अनुसन्धानले ०।६५ मात्रै भाइरस विरूद्धको ‘एन्टिबडिज’ रहेको अवस्था छ ।

जुम जस्ता अनलाइन कक्षाले कक्षाकोठालाई प्रतिस्थापन गर्न सक्दैनन् । एकातिर पढाइका हिसाबले इन्टरनेटको पहुँच नभएका विपन्न विद्यार्थी सुविधा सम्पन्न भन्दा पछि पर्ने निश्चित छ अर्कोतिर सुविधा भोगी विद्यार्थीहरूमा विविध शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने देखिन्छ । साथै बहुसंख्यक अभिभावक महामारीका कारण रोजगारी गुमाउनुपरेको अवस्थामा आआफ्नो काममा फर्कन समेत संघर्षको बेला विश्वका ४६ करोड भन्दा बढि विद्यार्थी इन्टरनेटको अभावमा अनलाइन कक्षामा जोडिन सकेको छैन । शिक्षकको प्रत्यक्ष निगरानीमा भएको शिक्षण सिकाई क्रियाकलापले प्रभावकारिता दिन नसकेको परिस्थितिमा सिकाईको लत बसाउने भनेर सुरु गरेको वैकल्पिक माध्यम प्रभावकारिता नहुँदा नहुँदै नेपालमा भौगोलिक विकटताले विश्वमा विकसित संचार प्रविधिको उपलब्धता र चुनौतिले अशिक्षा, बेरोजगारीका कारण भर्चुअल तथा अनलाइन शिक्षामा स्पष्ट वर्गभेद निम्तिएको छ । जहाँबाट देशका लागि अपराधी गतिविधिजन्य खतराको संकेट देखिन थालेको छ ।

सरकारी(सामुदायिक) र निजी विद्यालयका विद्यार्थीले सामाजिक दुरीलाई पालना गर्न सक्ने अवस्था छैन । विद्यालयका गेट, चमेनागृह (क्यान्टिन) खेलमैदानमा भीड हुन नदिन सामाजिक दुरीका साथै आवश्यक सर्जिकल माक्सको प्रयोग, स्यानिटाइजरको प्रबन्ध गर्न तथा विद्यालयको सावधानीपूर्ण व्यवस्थापनले खर्च बढ्दा बहुसंख्यक अभिभावकले खर्च बेहोर्न समेत उपयुक्त हुने देखिँदैन ।

यसर्थ शैक्षिक क्षेत्रको माध्यमबाट सामाजिक असमानता हटाउन सरकारले निजी विद्यालय न्यायोचित स्थानान्तरण र निजी स्तरका शिक्षकलाई समेटेर सरकारी शिक्षकलाई काम नगरेको अवस्थामा आधारभूत तलबमा सीमित गरि सामाजिक असमानताको खाडल पुर्न र अपराधीक गतिविधि न्यूनीकरण गर्न आवश्यक राहत योजना तय गर्न गराउन अघि सरौं ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ३५ बजे

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले