९ कार्तिक २०८३, सोमबार | October 26, 2026

योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्छ : मन्त्री केसी



नेपालगन्ज । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बताएकी छन् । कोहलपुर बसपार्क र भ्युटावर सञ्चालनका लागि गरिएको अन्तरक्रियामा बोल्दै मन्त्री केसीले संरचना बन्नु आफैँमा नराम्रो नहुने तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् ।

‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ उनले भनिन्, ‘तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ । लगानी गर्दा अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ ।’

कोहलपुरमा अत्याधुनिक बसपार्क र भ्युटावरको संरचना तयार भइसकेकाले अब त्यसलाई कसरी सञ्चालनमा ल्याउने भनेर सबैले सोच्नुपर्ने बेला भएको उनले बताइन् । ‘निर्माण हुनुपथ्र्यो वा हुनुहुँदैनथ्यो भनेर अब वादविवाद गर्नुको कुनै अर्थ छैन,’ उनले भनिन्, ‘बनिसकेका संरचना अब सबै मिलेर सञ्चालनमा ल्याउनुपर्छ ।’

कोहलपुरमा आधुनिक बसपार्क र भ्युटावर निर्माण सम्पन्न भएको लामो समयसम्म संचालनमा आउन सकेको छैन ।

योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्नेमा विगतमा त्यसो हुन नसके पनि अब बनिसकेका संरचनालाई उपयोगमा ल्याउनुको विकल्प नभएको मन्त्री केसीको भनाइ छ ।

कोहलपुरमा पर्यटकीय विकासको सम्भावना अत्यधिक भएकाले भविष्यका लागि यी संरचनाबाट फाइदा लिन सकिनेमा उनले जोड दिइन् । उनले आफू यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले यहाँको विकासका लागि हरसम्भव प्रयास जारी राख्ने प्रतिबद्धता पनि उनले जनाइन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ३८ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को