काठमाडौं । काठमाडौंको गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । अर्का १ जना गम्भीर घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिक बागती प्रदेश ०३-००१ प ०५०० नम्बरको टिपरले बा ५४ प ५२६६ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका काठमाडौंको तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रन बहादुर तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



















प्रतिक्रिया