१ भदौ २०८३, सोमबार | August 17, 2026

टिपरको ठक्करबाट गोंगबुमा मोटरसाइकलमा सवार १ युवकको मृत्यु, चालक गम्भीर घाइते



काठमाडौं । काठमाडौंको गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । अर्का १ जना गम्भीर घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिक बागती प्रदेश ०३-००१ प ०५०० नम्बरको टिपरले बा ५४ प ५२६६ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका काठमाडौंको तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रन बहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ५४ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण