२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा वार्षिक खेल महोत्सव सुरु



बुटवल । सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा मंगलबारदेखि वार्षिक खेलकूद महोत्सव सुरु भएको छ । तिलोत्तमा-४ डिंगरनगरमा अवस्थित विद्यालयमा ३ दिनसम्म हुने खेल महोत्सवमा विभिन्न ३७ वटा ईभेन्टमा ३ सय बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विद्यालयका खेलकूद ईन्चार्ज मेघराज भट्टराईका अनुसार कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । कक्षा नर्सरी र युकेजीका विद्यार्थी बीच बेलुन स्टम्प र स्वीट रेश गरी दुई इभेन्टमा प्रतिस्पर्धा हुने छ ।

यसैगरी कक्षा १ देखि ३ सम्मका छात्रा तथा छात्रा बीच म्याथ रेस, छात्रहरुको ५० मिटर दौड, एक खुट्टे दौड र जुत्ता दौड हुनेछ भने छात्राहरुका लागि प्लेट रेस र चम्चा दौड हुने विद्यालयका खेल इन्चार्ज भट्टराईले जानकारी दिए । यसैगरी कक्षा ४ र ५ का विद्यार्थीले विभिन्न ९ वटा इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । उनीहरुले म्याथ रेस, सय मिटर र २ सय मिटर दौड, पिजी ब्याग, प्लेट रेस, स्याक रेस, स्पोन रेस, म्युजिकल चियर तथा सय मिटरको रिले दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

विद्यालयको प्राङ्गणमा विभिन्न साँस्कृतिक प्रस्तुतीहरुसँगै हुने खेल महोत्सवमा कक्षा ६ र ७ का लागि म्याथ रेस, सय र २ सय मिटर दौड, पिजी ब्याग, प्लेट रेस, स्याक रेस, स्पोन रेस, म्युजिकल चियर तथा सय मिटर रिले दौड प्रतियोगिता आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शंकर पौडेलले जानकारी दिए ।

यसैगरी सिनियरतर्फ कक्षा ८ र ९ का विद्यार्थी बीच रसी तान, क्रसकन्ट्री, लङ जम्प, ज्याभलिन थ्रो, सटपुट, सय मिटर रिले दौड, म्युजिकल चियर तथा विभिन्न प्रकारका दौड प्रतियोगिता गरी ११ वटा इभेन्टमा प्रतिस्पर्धा हुने पौडेलले जानकारी दिए ।

खेल महोत्सवको पहिलो दिन विद्यार्थीले मार्चपास र ओलम्पिक मसालसहित विद्यालय प्राङ्गणको परिक्रमा गरेका थिए । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य यमबहादुर रानाले विद्यार्थीको सर्वाङ्गिर्ण बिकासका लागि खेलकूदको महात्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

यसैगरी विद्यालयका प्रबन्ध निर्देशक बाबुराम खनाल, सहप्राचार्य रमेश प्रसाद बस्याल, रजनिशचन्द्र गुप्ता लगायतले बोल्दै सिद्धार्थ बोर्डिङले सैदान्तिकसँगै व्यवहारिक शिक्षामा जोड दिएका कारण खेलकूदमा महत्वका साथ लिने गरेको उल्लेख गरे । प्रतियोगिता विद्यार्थीले १०७ स्वर्ण, १०७ रजत तथा १०७ कास्य गरी कूल ३२१ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । विद्यालयमा हाल २ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

फोटो फिचर

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १ : ३७ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास