९ कार्तिक २०८३, सोमबार | October 26, 2026

सेनाद्वारा ज्येष्ठ नागरिक तथा बालबालिकालाई कपडा वितरण



नेपालगन्ज । नेपाली सेनाद्वारा बाँकेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित नीलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई राँझामा रहेको श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकका वाहिनीपति सहायक रथी प्रकाश थापा र श्री बज्रदल गणका गणपति रविन श्रेष्ठको नेतृत्वमा मङ्गलबार कपडा वितरण गरिएको हो ।

उक्त आश्रममा रहेका दुई सय २३ ज्येष्ठ नागरिक तथा बालबालिकालाई सेनाले लत्ताकपडा वितरण गर्नाका साथै एक छाक दिवा भोजन पनि गराएको नील सागर मानव सेवा आश्रमका अध्यक्ष सरिता खनालले जानकारी दिइन् । उनका अनुसार सेनाले अत्यावश्यकीय खाद्यान्नसमेत वितरण गरेको थियो । “यो जाडोमा सेनाले हाम्रो आश्रममा रहनुभएका आमाबुबा र बालबालिकालाई कपडा वितरण गर्नु भनेको हामीप्रति उहाँहरुको माया र सम्मान झल्किएको छ”, अध्यक्ष खनालले भनिन्, “कपडासँगै सेनाले खाद्यान्नसमेत वितरण गरेको हुँदा यसले हामीलाई धेरै नै राहत पु्¥याएको छ ।”

सहायक रथी थापाले सेनाले राष्ट्रको सेवासँगै सामाजिक सेवामा पनि योगदान पु¥याउँछ भन्ने उद्देश्यले एकदिने दिवा भोज कार्यक्रम गरिएको बताए । उनले भने, “जसको कोही हुँदैन उसका साथमा नेपाली सेना सधैँ रहन्छ ।” आश्रममा रहनुभएका साहाराविहीन ज्येष्ठ नागरिक र बालबालिकालाई एक्लो महसुस नगर्न उनले आग्रह गरे ।

सहायक रथी थापा आफैले ज्येष्ठ नागरिक र बालबालिकालाई भोजन खुवाउनाका साथै लत्ताकपडा वितरण गरेका थिए । नेपालगञ्जमा आठ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त आश्रममा हाल ६३ बालबालिका र एक सय ६० ज्येष्ठ नागरिक बस्दै आएका छन् । दाताको सहयोगमा चलिरहेको सो आश्रममा सडक बालबालिका तथा वृद्धालाई ल्याएर राखिने गरिन्छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १ : ५२ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को