२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाँकेले खेलाडी नपठाउने



बुटवल । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौट खेलमा प्रथम भएको बाँके क्रिकेट संघले सिद्धार्थनगरमा पुस २८ शनिबारदेखी शुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमबारे असहमति जनाएको छ । छनौट खेलमा विजेता रहेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरि २२ जनाको अन्तिम नामावली प्रति जिल्ला क्रिकेट संघ बाँकेले असमति प्रकट गरेको हो ।

प्रदेश क्रिकेट संघलाई पत्र लेख्दै बाँके क्रिकेट संघले बाँके जिल्लाबाट टिममा परेका ३ जना खेलाडी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नहुने समेत घोषणा गरेको छ । बाँकेलाई अन्याय गरेर निर्माण भएको टिममा सहभागी नहुने क्रिकेट संघ बाँकेका अध्यक्ष सरोवर प्रसाईले बताए ।

लुम्बिनी प्रदेश टिममा सुसान्त सिह थापाको कप्तानीमा मोहमद साहब अन्सारी, लभकुश यादव, सिद्धान्त शाही, सम्राट भुषाल, एकलाख अहमद, दिलसाद अलि, अजित यादव, नर बहादुर सार्की, रुपेश बश्याल, कृष्ण कार्की, मृनल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, विष्णु कठरिया, प्रज्वल थापा, बिराट भण्डारी, बिर बहादुर सारुमगर, मोहन खत्री, मोहमद हुसैन, प्रतिक भट्टराई र निर्मल गुरुङलाई छनौट गरिएको छ ।

अध्यक्ष प्रसाईले आफना खेलाडीहरु राम्रो खेल्दै जितेर टप हुँदा पनि राम्रा खेलाडी प्रदेशको टिममा नपारिएको गुनासो गरे । लिग खेलमै बाहिरीएका टिमबाट टिममा खेलाडी छनौटमा पर्दा लिग जितेको जिल्लाका राम्रा खेलाडीलाई छुटाइएको बताए । खबरकुरासँग कुरा गर्दै अध्यक्ष प्रसाइले कुनैबेला नेपालमा चर्चित रहेको बाँकेको क्रिकेट टिमलाई लगातार अन्याय गरिएको गुनासो गरे । लिग चरणमा हारेको टिमबाट ५ कप्तान सहित ५ जना खेलाडी पर्दा प्रथम भएको टिमबाट ३ जना मात्र खेलाडी छनौट हुनु सरासर अन्याय भएको उनले बताए ।

उनले यसरी नै छनौट भएमा २—४ वर्षमा बाके जिल्लाबाट राष्टिय टिममा खेल्ने खेलाडी पर्ने सम्भावना नरहेको समेत बताए । छनौट प्रति चित्त नबुझेको कारण आफुहरु खेलाडी नपठाउने निर्णय गरेको उनले बताए । स्कोर सिट र पर्फमेन्स सबै हिसाबबाट आफनो टिमबाट धेरै खेलाडी पर्नुपर्ने उनको दाबी छ । पुरानो खेलाडीमात्र टिमले भर्ने काम भएको उनले आरोप लगाए ।

यता प्रदेश सदस्य धिरज क्षेत्रीले भने छनौट खेलमा ७ जिल्लाबाट ८४ जनामा खेलाडीहरुले खेल प्रदर्शन गरेको आधारमा अन्तिम २२ जनाको छनौट गरिएको जनाएका छन्। सदस्य क्षेत्रीले विजेता टिमबाट धेरै खेलाडी पर्ने सम्भावना नरहेको भन्दै आफुहरुले सही निर्णय गरेको दाबी गरे ।

पुस १२ देखी पुस २२ गतेसम्म संचालन भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता बाँके जिल्ला आफनो टिमबाट कम खेलाडी परेको भन्दै बाँकेले पत्र पठाएको क्षेत्रीले बताए । बाँके जिल्लाका खेलाडीहरुबाट उत्कृष्ट खेल प्रदर्शन गरेको स्वीकार्दै त्यही टिमबाट आठ जना पार्नुपर्ने माग सही नभएको उनले बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ०० बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको