२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

तेस्रो आशिष कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु



बुटवल । आशिष कप ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण शुक्रबारदेखि हुने भएको छ । आशिष स्टेशनरीको मुख्य प्रायोजन र लायन्स क्लब अफ बुटवल स्टारको सहकार्यमा तेस्रो संस्करण हुन लागेको हो ।

आशिष स्पोर्टसका संचालक आयुषकृष्ण श्रेष्ठका अनुसार २ दिनसम्म सञ्चालन हुने तेस्रो संस्करणमा प्रदेशस्तरको मेन्स सिङ्गल, मेन्स डबल्स र भेट्रान्स (४५ वर्षमाथि) गरि ३ ईभेन्टमा प्रतियोगिता हुने छ । प्रतियोगितालाई व्यवस्थित गर्ने लक्ष्यसहित यसपटक केन्द्रबाट नै वरिष्ठ एम्पायर उदय अर्यालसहितको टिम ल्याएर खेल खेलाउने उनले बताए ।

युवा खेलाडीहरुलाई लक्षित गरिएको प्रतियोगितामा सिङ्गल ईभेन्टमा लुम्बिनी प्रदेशका सबै स्तरका खेलाडी र डबल्समा भने युवा खेलाडीहरुलाई जोड दिएको उनले बताए । प्रतियोगितामा धेरै खेलाडी सहभागी हुने टिमलाई खेलकुद सामग्री तथा बाहिरी जिल्लाका पहिलो २० जना खेलाडीहरुलाई आवासको सुविधा दिने उनले बताए ।

कार्यक्रममा एम्पायर अर्जुन कार्किले मेन्स सिगलमा प्रथम टिमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीय टिमलाई ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्वियीले २० हजार र तृतीय टिमले १६ हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् । भेट्रान्स ४५ वर्ष माथिको प्रथम टिमले २० हजार, द्वितीय १५ हजार र तृतीय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगिताको उत्कृष्ट पाँच जना उदयीमान, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने उनले बताए । अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको उनले बताए ।

कार्यक्रम संयोजक राम बहादुर शाहीले तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा हुने प्रतियोगितामा भेट्रान्स ३२, मेन्स सिङ्गल १६ टिम, मेन्स डबल्समा सय बढि टिम सहभागी हुने बताए । लायन्स डिष्ट्रिक एलसिआईएफ कोअर्डिनेटर सन्दिप कशौधनले विगत दुई संस्करणमा उत्कृष्ट आयोजना गरेको प्रतियोगितालाई आगामी दिनमा परिस्कृत गरिने बताए । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित विद्यालयस्तरका प्रतियोगितालाई जोड दिने उनले बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ३३ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र