३१ असार २०८३, बुधबार | July 15, 2026

अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गर्ने बागलुङका २ महिला प्रहरी फन्दामा



काठमाडौं । अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गर्दै हिंड्ने २ जना महिला प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई रुपन्देहीको बुटवल पुगेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेखोला गाँउपालिका(२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई रकम ठगी गर्ने गर्दथे ।

उनीहरुले पछिल्लो ब्यक्तिसँग ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेपश्चात घटनाको अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीले रुपन्देही बुटवल पुगेर उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न बहानामा पटक पटक गरी ५ लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्ने बिश्वास दिलाई १ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

निक्की पौडेलको नाममा फेक आइडीबाट फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेतआफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जानकारी दिएको छ ।

उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ०६ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार