२८ माघ २०८२, बुधबार | February 12, 2026

‘प्रविधिको विकाससँगै मिथ्या सूचना बढ्यो’



बुटवल । प्रविधिको विकाससँगै मिथ्या सूचना बढेकाले सचेत हुनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सेन्टर फर मिडिया रिर्सच नेपालले विहीबार बुटवलमा आयोजना गरेको सूचनाको चलखेल र लोकतन्त्र विषयमा सरोकारवालहरुसँगको छलफल विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले मिथ्या सूचना पहिला पनि हुने गरेको भएपनि प्रविधिको विकाससँगै पछिल्लो समय धेरै भ्रामक र गलत सूचना आउने गरेको बताए । नेकपा एमालेका बुटवल उपमहानगरपालिका अध्यक्ष किशन ज्ञवालीले मिथ्या सूचनालाई सरकारले नियमन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए।

सेन्टर फर मिडिया रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक पाठकले मिडिया र सोसियल मिडियालाई पाठकले एउटै रुपमा हेर्ने र सूचनाको चलखेल हरेक क्षेत्रमा हुने गरेको बताए ।

छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्वासे, तारा थापा, भगवती अधिकारी, जमुना ढकालले पछिल्लो समयमा मिथ्या सूचना बढेकाले सचेत हुनु पर्नेमा जोड दिए । मिथ्या सूचनाको नियन्त्रणका लागि कानुन नै बनाउन आवश्यक रहेको बताउँदै उनीहरुले यसको लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाए ।

छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, प्रेस चौतारीका रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियनका रुपन्देही अध्यक्ष कबिन्द्र नेपाल, संचारिका समूह रुपन्देही अध्यक्ष निरु गौतमलगायतले आ(आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : ३६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी