२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सत्ता गठबन्धनको बैठक बस्दै, टिआरसी र राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने



काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दैँछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बैठक बस्न लागेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउने विषयमा छलफल भएको थियो । सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा विधेयक पेस हुने र पारित गर्ने बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : १३ बजे

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल