१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नवलपरासीको बाढी नियन्त्रणमा प्रदेश नं ५ सरकारको चासो



परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिममा बर्सेनि हुने बाढी नियन्त्रण तथा कृषि बालीको क्षति न्यूनीकरणको पहलका लागि प्रदेश ५ सरकारले चासो देखाएको छ ।

७० वर्षदेखि बाढी र डुबानका कारण यहाँ बर्सेनि हजारौँ बिघा खेतीबाली नष्ट हुने गरेको छ ।

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्थलगत निरीक्षण गरेकी छिन्। मन्त्रीद्वयको टोलीले पाल्हिनन्दन र सरावल गाउँपालिकामा बाढी र डुबानले पारेको असर तथा कृषि बालीमा पु¥याएको क्षतिको अवलोकन गरेको थियो ।

सरावल गाउँपालिका–५, ६ र ७ तथा पाल्हिनन्दन गाउँपालिका–१ का विभिन्न स्थानमा डुबानका कारण यस वर्ष एक हजार ५०० भन्दा बढी बिघामा लगाइएको धान खेती नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

यहाँ प्रत्येक वर्ष नै डुबानको समस्या रहेकोले दिगो समाधानका लागि पहल गर्न आवश्यक रहेको प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले जोड दिए ।

“बर्सेनि हुने डुबानका कारण यस क्षेत्रमा कृषकले लगाएको धान, केरा, उखुलगायतमा ठूलो क्षति पुगेको छ, कृषकको श्रम र लगानी खेर गएको छ, कृषि बालीमा पुगेको क्षतिको राहत र उनीहरुलाई बाँच्ने आधार बनाउन आवश्यक देखिएको छ”, उनले भने ।

बर्सेनि हुने डुबानलाई नियन्त्रण गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले प्रदेश सरकारले यसको दिगो समाधान हुने गरी पहल गर्नुपर्ने पाल्हिनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले उल्लेख गरे ।

स्थलगत निरीक्षणका क्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले बाढी नियन्त्रणलाई प्रदेश सरकारले व्यवस्थित ढङ्गले समाधान गर्ने बताए । प्रदेश ५ मा सबैभन्दा ठूलो डुबान क्षेत्र नै यही रहेको उल्लेख गर्दै मन्त्री चौधरीले भरही खोला र धनेवा खोला पानीको बहावलाई अवरोध नहुने गरी चौडा गर्ने, सफाइ गर्ने तथा तटबन्ध निर्माण गर्ने गरी डुबानको समस्यालाई सकेसम्म नियन्त्रण गर्ने कार्यमा पहल गर्ने प्रतिवद्धता जनाए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पौडेलले बाढी नियन्त्रण गरेर कृषि बालीमा हुने क्षति न्यूनीकरण गर्न प्रदेश सरकार लागिरहेको बताइन । कृषकलाई बाढी र डुबानले सधैँ सताउने परिपाटी अन्त्य गर्न उचित उपाय अवलम्बन गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरिन।

पश्चिम नवलपरासीको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका बाढी र डुबानबाट बर्सेनि प्रभावित हुँदै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : २० बजे

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।