१२ बैशाख २०८३, शनिबार | April 25, 2026

मणिग्राममा सुबिधा सम्पन्न तिलोत्तमा स्केटिङ् हाउस संचालनमा



तिलोत्तमा । करिब ६० लाखको लागतमा मणिग्राममा तिलोत्तमा स्केटिङ् हाउस संचालनमा आएको छ । बिशेषगरि किशोर किशोरी एवं साना नानी बाबुहरुलाई लक्षित गरि तिलोत्तमा स्केटिङ् हाउस संचालनमा ल्याइएको हो ।

बिशेषगरि पछिल्लो समय बालबालिका एवं किशोर किशोरीहरुमा मोबाइल क्रेज बढ्दै गएको सन्दर्भमा उनीहरुको सामाजिक एवं व्यक्तित्व बिकाशका साथै खेलप्रति लगाव बढाउने अभिप्रायले तिलोत्तमा स्केटिङ् हाउस संचालनमा ल्याइएको संचालक मध्येका एक डोलराज पोखरेलले जानकारी दिए ।

तिलोत्तमा स्केटिङ् हाउसमा करिब ६० लाखको संयुक्त लगानी छ । तिलोत्तमा-५ मणिग्राम चोकमा रामपुरे रेष्टुरेन्ट संचालन गर्दै आएका डोलराज पोख्रेल र तिलोत्तमा ९ मंगलापुरमा किराना व्यवसाय गर्दै आएकी नारायणी अर्यालको लगानी रहेको स्केटिङ् हाउसको बुधबार तिलोत्तमा नगरपालिका वडा न ६ का अध्यक्ष गणेश पाठकले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष पाठकले मोबाइलमैत्री बन्दै गएका बालबालिका र युवायुवती माझ स्केटिङ् हाउसले खेल भावनाको जागरण गराउने बताए । परम्परागत खेलमा मात्रै सिमित बन्न नहुने भन्दै पाठकले स्केटिङ्लाई लोकप्रिय बनाउने गरि काम गर्नुपर्नेमा जोड दिए ।

रुपन्देही फूटबल संघका अध्यक्ष लोक पुनले, नेपालमा इनडोर खेलहरुको प्रचलन बढ्दै गरेको अवस्थामा स्केटिङ्ले राम्रो छाप छोडनेमा आफु आशाबादी रहेको बताए । चिरन्जीवी बस्यालले संचालन गरेको उद्घाटन कार्यक्रममा तिलोत्तमा स्केटिङ् हाउसका संचालक डोलराज बश्यालको अध्यक्ष्यता रहेको थियो भने प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा न ९ अध्यक्ष गणेश पाठक, बिशिष्ट अतिथि रुपन्देही फूटबल संघका अध्यक्ष लोक पुन, तिलोत्तमा स्केटिङ् हाउसका प्रोपराईटर नारायणी अर्याल, हाउसका सन्चालिका शान्ति पोख्रेल, ऋषिकेश ढकाल, रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका कार्यक्रम तथा समाचार प्रमुख प्रकाश पाण्डे, तिलोत्तमा सिटीका प्रधान सम्पादक मोहन न्यौपाने, तिलोत्तमा टेलिभिजनका प्रविधि प्रमुख गोपाल पाण्डे लगायत स्थानिय सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।

प्रशिक्षकको सिकाईमा स्केटिङ् गर्ने र खेल्ने व्यवस्था रहेको तिलोत्तमा स्केटिङ् हाउसमा अन्यत्र भन्दा सुलभ दरमा स्केटिङ् खेलाइने संचालकद्वयले जानकारी दिएका छन् । बुधबारबाट अबको ३ दिनसम्म उद्घाटन कार्यक्रम अन्तर्गत निकै नै सस्तो दरमा तिलोत्तमा स्केटिङ् हाउसमा स्केटिङ् गर्न पाइने व्यवस्था मिलाइएको छ । स्केटिङ् गर्न जानेहरुका लागि स्केटिङ् हाउस मै जुत्ता लगायत सुरक्षाका सामानहरु उपलब्ध गराइएको प्रोपराईटर नारायणी अर्यालले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : ०८ बजे

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

नेपाल-बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल-बङ्गलादेश

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-१, सुखडस्थित एक लजमा गए राति आगलागी