७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रतिबन्धित औषधी बेच्ने दाङका मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा



दाङ । दाङ प्रहरीले अबैध रुपमा नेपालमा प्रतिबन्धित औषधी बिक्रि बितरण गरेको आरोपमा एक जना मेडिकल संचालकलाई पक्राउ गरेको छ । दाङको बबई गाउँपालिका ४ हापुरे स्थित प्रतिक्षा मेडिकलका संचालक कुसलराम के.सीलाई प्रहरीले प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको हो ।

मेडिकलमा निषेधित औषधी [लागु औषध] बिक्रि बितरण भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले १११ ट्यावलेट Tramadol Hydrochloride capsules IP नामक प्रतिबन्धित औषधी बरामद प्रहरीले जनाएको छ । विक्रि वितरणकालागि निषेध गरीएको औषधि फेला परेपछि मेडिकल संचालकलाई थप अनुसन्धानकालागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सामान्यतया पेटको दुखाई कम गर्न प्रयोग हुने सो औषधी लागु औषधकारुपमा प्रयोग हुन थालेपछि नेपालमा प्रतिबन्ध लगाईएको थियो । सो औषधीलाई चिकित्सकको प्रिप्केशन र लागत राखेर मात्र बेच्न पाउने औषधी ब्यवस्था बिभागले ब्यवस्था गरेको छ ।

यसैबिच दाङकै दुधरास स्थित तुलसीपुर घोराही सडकखण्डमा लागु औषध ब्राउन सुगर बेचिरहेको अवस्थामा घोराही उपमहानगरपालीका ११ बस्ने कृष्ण विक पक्राउ परेका छन ।

प्रहरीले विकको साथबाट ३४० मिलिग्राम लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी ३० ट्यावलेट ट्रामाडोल बरामद गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

पक्राउ परेका दुबैलाई लागु औषध ऐन बमोजिम कारवाहिका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : २२ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने