१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रतिबन्धित औषधी बेच्ने दाङका मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा



दाङ । दाङ प्रहरीले अबैध रुपमा नेपालमा प्रतिबन्धित औषधी बिक्रि बितरण गरेको आरोपमा एक जना मेडिकल संचालकलाई पक्राउ गरेको छ । दाङको बबई गाउँपालिका ४ हापुरे स्थित प्रतिक्षा मेडिकलका संचालक कुसलराम के.सीलाई प्रहरीले प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको हो ।

मेडिकलमा निषेधित औषधी [लागु औषध] बिक्रि बितरण भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले १११ ट्यावलेट Tramadol Hydrochloride capsules IP नामक प्रतिबन्धित औषधी बरामद प्रहरीले जनाएको छ । विक्रि वितरणकालागि निषेध गरीएको औषधि फेला परेपछि मेडिकल संचालकलाई थप अनुसन्धानकालागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सामान्यतया पेटको दुखाई कम गर्न प्रयोग हुने सो औषधी लागु औषधकारुपमा प्रयोग हुन थालेपछि नेपालमा प्रतिबन्ध लगाईएको थियो । सो औषधीलाई चिकित्सकको प्रिप्केशन र लागत राखेर मात्र बेच्न पाउने औषधी ब्यवस्था बिभागले ब्यवस्था गरेको छ ।

यसैबिच दाङकै दुधरास स्थित तुलसीपुर घोराही सडकखण्डमा लागु औषध ब्राउन सुगर बेचिरहेको अवस्थामा घोराही उपमहानगरपालीका ११ बस्ने कृष्ण विक पक्राउ परेका छन ।

प्रहरीले विकको साथबाट ३४० मिलिग्राम लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी ३० ट्यावलेट ट्रामाडोल बरामद गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

पक्राउ परेका दुबैलाई लागु औषध ऐन बमोजिम कारवाहिका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : २२ बजे

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र