२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

गठबन्धन दलको वंश भ्रष्टाचारी, गोत्र निकम्मा र जात देशद्रोही : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार र तस्करीको संरक्षक भएको बताएका छन । नेपाल खेलकुद महासंघको पूर्ण बैठकलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका हुन ।

अहिलेको गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको ओलीले बताए । उनले गठबन्धन दलको वंश भ्रष्टाचारी र कमिशनतन्त्रीय, गोत्र निकम्मा र जात देशद्रोही भएको बताएका छन ।

‘यी एकै वंशका, एकै नस्लका हुन्, भ्रष्टाचारी वंशका हुन्, यी कमिशनतन्त्रीय वंशका हुन्, यिनको गोत्र निकम्मा हो, यिनको जात देशद्रोही हो, त्यसकारण यी एकै ठाउँमा बस्छन्’, ओलीले भने ।

ओलीले गठबन्धन देशका लागि अत्यन्तै हानिकारक रहेकोसमेत बताए । गठबन्धनले देश बरबाद र राष्ट्रियतालाई कमजोर बनाएको ओलीको भनाइ छ ।

‘देशका स्रोतहरू बेचिसक्यो, हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुजाधुजा बनाइसक्यो, त्यसकारण समय घर्किनभन्दा अगाडि हामीले निर्णायक कदम चाल्नुपर्नेछ, यस कुराका लागि हामी तयार हुनुपर्ने छ’, ओलीले भने ।

गठबन्धन दलले एमालेमाथि जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था रहेको भन्दै अध्यक्ष ओलीले तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन ।

‘अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ, उनीहरू आतंकित छन्’, ओलीले भने ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ४ : १२ बजे

कोहलपुरमा लागु औषध कारोबारे पक्राउ गर्न गोली प्रहार, घाइते एकजना सहित २ जना पक्राउ

कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले लागु औषध काराबारेलाई पक्राउ गर्न

नव आगन्तुक बिद्यार्थीलाई सिसाकलम र कलम उपहार दिएर सिद्धेश्वर माबिको स्वागत

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ को पुरानो विद्यालय

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी

काठमाडौं । साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

महोत्तरी । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण