२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइएमई पे एपमा रु. १ को खेल : उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले यहि माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ को खेल सुरु गरेको हो ।

आइएमईले सो खेलमा उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्ने जनाइएको छ ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट( अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट वा (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : २१ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय