३१ बैशाख २०८१, सोमबार | May 14, 2024

किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका अनुसार हालै रु आठ करोड ७४ लाखको सुन्तला जिल्लाबाट बिक्री गरिएको छ । उत्पादन थप बढाउने लक्ष्यका साथ परियोजनाले बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरेको हो । जिल्लाको पहाडी क्षेत्र बुलिङटार, बौदीकाली र हुप्सेकोटमा मुख्य सुन्तला र मध्यविन्दुमा कागती खेतीलाई लक्षित गरी परियोजनाअन्तर्गत सुन्तलाजात फलफूल जोन कार्यक्रम लागू भएको छ । परियोजना लागू भएका क्षेत्रमा अहिले अभियानकै रुपमा बगैँचा व्यवस्थापन सुरु गरिएको हो ।

प्राविधिकसहितको टोलीले अहिले किसानलाई सुन्तलाको बगैँचा व्यवस्थापन गर्ने तरिका सिकाइ रहेको परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए । प्राविधिकको टोलीले यही माघको १५ गतेसम्म यो अभियान जारी राख्ने छन् । गैँडाकोट, धौबादी, काफलडाँडा, छरछरे, रामकोट, देउराली, बबोक, राइकोटलगायत १६ स्थानमा सुन्तला जात फलफूलको बगैँचा व्यवस्थापन कार्य गरिने उनले जानकारी दिए । अहिलेसम्म ११ स्थानमा बगैँचा व्यवस्थापनको काम सम्पन्न भएको उनले बताए ।

प्राविधिकसहितको टोलीले समूह मार्फत सबै किसानलाई जानकारी हुने गरी बगैँचा व्यवस्थापन गर्न सिकाउने छन् । यसपछि किसानले आ-आफ्नो बगैँचाको व्यवस्थापन गर्नेछन् । “बगैँचा व्यवस्थापनको मुख्य समय यही हो, नयाँ पालुवा नपलाउँदै व्यवस्थापन गर्नुपर्छ । त्यसैले हामीले यो समयलाई अभियानकै रुपमा अगाडि बढाएका छौँ”, कार्यालय प्रमुख सिंहले भने ।

प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि किसानलाई सिकाउने एकाइ प्रमुख सिंहले जानकारी दिए । उनले भने, “यी चार काम व्यवस्थापनको मुख्य काम हो, यो काम गर्ने भनेकै बिरुवा नपलाएको र सुषुप्त भएको बेलामा गर्नुपर्छ ।”

फल दिइरहेको ठूला बोट जसले फल दिइरहेका छन्, त्यस्ता बोट फल सकिएपछि मात्रै व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने, ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने सिंहको भनाइ छ । कार्यालयले यस वर्ष राम्रोसँग बगैँचाको व्यवस्थापन गर्ने किसानलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत राखेको छ ।

सुन्तलाको उत्पादनसँगै किसानको आम्दानी बढाउने लक्ष्यअनुसार बगैँचा व्यवस्थापनको अभियान सञ्चालन गरिएको उनले बताए । नवलपुरमा राम्रो सुन्तला उत्पादन गर्न सकिने क्षेत्र भएकाले क्षेत्र विस्तार र भएका बोटबाट धेरै उत्पादन लिन सकियोस् भनेर कार्यालयले किसान लक्षित भएर काम गरिरहेको जनाइएको छ । जिल्लामा हाल आठ सय १८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्ने गरिएको छ । किसान गेसबहादुर रानाले सुन्तलाको थप उत्पादन लिन बगैँचा व्यवस्थापनले सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २० बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक