६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

सदगुरु अब हलिउड फिल्ममा, जोनिफर लोपेजको फिल्ममा देखिदैँ



मुम्बई । तपाईंले सद्गुरु जग्गी वासुदेवलाई धेरै बलिउड स्टारहरूसँग अन्तर्वार्ता लिइरहेको देख्नु भएको होला । तर, अब जग्गी वासुदेव हलिउड सुपरस्टार जेनिफर लोपेजको फिल्म ‘दिस इज मी नाउः अ लभ स्टोरी’ मा देखिने भएका छन् । जेनिफर लोपेजले आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गर्दा कलाकारको नाममा सदगुरूको नाम पनि समावेश गरेकी छिन् ।

यो फिल्मको ट्रेलरपछि सद्गुरु जग्गी वासुदेवको नाम पनि स्टार कास्टमा रहेको देखिन्छ । यो फिल्म १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ । जेनिफर लोपेजले आफ्नो इन्स्टाग्राममा यस फिल्मको ट्रेलर पोस्ट गर्दै भावुक नोट लेखेकी छिन् ।

जसमा जेनिफर लोपेजले लेखेकी छिन्, ‘मैले यसअघि कहिल्यै यति नर्भस, उत्साहित र डराएको महसुस गरेको थिइनँ । यो फिल्मको एउटा अद्भुत र यादगार यात्रा रह्यो। मेरो फिल्म दिस इज मी नाउ १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ । यो परियोजना अहिलेसम्मकै सबैभन्दा व्यक्तिगत हो । यसको ट्रेलर हेर्नुहोस् र मजा लिनुहोस् ।’

निफर लोपेजको यो फिल्मको कास्टमा हलिउड स्टारहरुको नाम देखिएको थियो । यससँगै भारतीय फ्यानका लागि पनि यसमा एउटा आश्चर्य लुकेको छ । यस फिल्मको स्टार कास्टमा सद्गुरु जग्गी वासुदेवको नाम पनि देख्न सकिन्छ । यसले यो फिल्ममा जग्गी वासुदेव पनि देखिने पक्का भएको छ ।

यससँगै फिल्मको स्टार कास्टमा ‘बेन एफ्लेक’, ‘ट्रेभर नोआ’, ‘सोफिया भर्गारा’, ‘केके पाल्मर’, ‘निल डे ग्रेस टायसन’, ‘नील डी ग्रास टायसन र ‘पोस्ट मेलोन’ रहेको देख्न सकिन्छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भए पनि त्यसमा सद्गुरु भने देखिँदैनन् । यस्तो अवस्थामा भारतीय फ्यानका लागि फिल्ममा केही महत्वपूर्ण सरप्राइज हुने विश्वास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ५९ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का