१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

आइसीएफसी फाइनान्सले मुनाफा बढायो



काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म आइपुग्दा नाफा कमाएको छ । फाइनान्सले ५ करोड ३२ लाख रुपैयाँ नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमाएको हो ।

उक्त नाफा गत वर्षको भन्दा ३५.८९ प्रतिशतले धेरै हो । यस फाइनान्सले गत वर्षको यसै अवधिमा ३ करोड ९१ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी १६.३९ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ३२.६८ प्रतिशतले बढेको छ। कम्पनीको सञ्चालन नाफा बढ्दा खुद मुनाफा बढ्न पुगेको हो ।

हाल यस फाइनान्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ६६ करोड ९८ लाख जम्मा छ । यस फाइनान्सको कस्ट अफ फण्ड ९.९९ प्रतिशत, एनपीएल २.२१ प्रतिशत, बेस रेट १२.२८ प्रतिशत रहेको छ ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसाले बढेर ८ रुपैयाँ ९९ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६२ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७८ पैसा छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ०१ बजे

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी

कोशीकी जसपा सांसद निर्मला लिम्बूद्वारा अशोक राईको पक्षमा सनाखत

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा

नीति तथा कार्यक्रम अघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतक र सचेतकहरुसँग

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका

मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित