३० भदौ २०८३, मंगलबार | September 16, 2026

आइसीएफसी फाइनान्सले मुनाफा बढायो



काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म आइपुग्दा नाफा कमाएको छ । फाइनान्सले ५ करोड ३२ लाख रुपैयाँ नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमाएको हो ।

उक्त नाफा गत वर्षको भन्दा ३५.८९ प्रतिशतले धेरै हो । यस फाइनान्सले गत वर्षको यसै अवधिमा ३ करोड ९१ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी १६.३९ प्रतिशतले घट्दा सञ्चालन नाफा भने ३२.६८ प्रतिशतले बढेको छ। कम्पनीको सञ्चालन नाफा बढ्दा खुद मुनाफा बढ्न पुगेको हो ।

हाल यस फाइनान्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ६६ करोड ९८ लाख जम्मा छ । यस फाइनान्सको कस्ट अफ फण्ड ९.९९ प्रतिशत, एनपीएल २.२१ प्रतिशत, बेस रेट १२.२८ प्रतिशत रहेको छ ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसाले बढेर ८ रुपैयाँ ९९ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६२ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७८ पैसा छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ०१ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज