३१ भदौ २०८३, बुधबार | September 16, 2026

राष्ट्रियसभा सदस्य निर्वाचन : आजदेखि मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने



काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू हुनेछ ।

मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा आदानप्रदान गर्न वा गराउन नहुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

यस्तै, सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ सिटका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ ।

एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । निर्वाचनका सात प्रदेशबाट विभिन्न दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : २३ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।