१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान सुरु, साँझसम्म नतिजा आउने



काठमाडौं । आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

अहिले ९ देखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सात प्रदेशमा एक(एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : ५१ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा