८ माघ २०८२, बिहिबार | January 23, 2026

चिसो बढेपछि विद्यालय बन्द



ढोरपाटन । चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका-९ ढोरपाटनका ६ विद्यालय बन्द गरिएका हुन् । एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । ती ६ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत छन् । उनले भने, “ढोरपाटन उपत्यका क्षेत्रका ६ वटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन् । एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ । पहिलेदेखि नै घुम्ती विद्यालय हो । यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ । यहाँका स्थानीय पनि हिउँद-बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।”

सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए । यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउन विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाइ छ ।

“यहाँ हिउँदमा पनि पढाइ सञ्चालन गर्न सरकारले कुनै विकल्प दिनुपर्छ, हिटर अथवा अन्य कुनै न्यानो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ । धेरैजसो बालबालिका सामान्य परिवारका छन् । नीहरूलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नुपर्छ”, उनले भने, “त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ । बर्खामा भने बिदा नगरी पढाउँछौँ ।” रासस

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : २३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा