२७ मंसिर २०८१, बिहिबार | December 12, 2024

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध



ढोरपाटन । ढोरपाटन नगरपालिका-२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।

वि.सं.२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिए ।

नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उनले बताए । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा रु दुई करोड २६ लाख खर्च भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ । बसपार्कमा ३० वटा जीप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुनः थाल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : ३५ बजे

नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित

प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय

ग्लोबल आईएमई बैंकले शेयरधनीहरूलाई ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार

परराष्ट्रमन्त्री देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर

कालीगण्डकी करिडोर : नवलपुरको पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो

नवलपुर । गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा